महिला गोल्डकपमा त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश


सरिता राई  203 पटक हेरिएको

इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा  विभागिय टोली त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश गरेको छ ।

डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ भारतलाई फराकिलो ४-० गोल अन्तरले पराजित गर्दै विभागिय टोली  सेमिफाईनमा प्रवेश गरेको हो ।

खेलको सुरुवातमा मानेभन्ज्याङ्ले आर्मीलाई दबाबमा पारे पनि पहिलो हाफको अतिरिक्त १ मिनेटको समयमा आर्मीको तर्फबाट विमला चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पहिलो हाफको सुरुवातमै राष्ट्रिय टिमबाट खेल्दै आएकी चौधरिको लागि अवसर थियो तर उनी अप साइडले अवसर चुकेको थियो ।

दोस्रो हाफको २६ औ मिनेटमा राष्ट्रिय टिमकी स्ट्राइकर तथा आर्मीकी चन्द्रा भण्डारीले थप १ गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् ।

दोस्रो गोल गरेको २ मिनेट नबित्दै आर्मीकै सुमित्रा योन्जनले डिबक्स एरियाबाट गोल थपिन । दोस्रो हाफमै पुन चन्द्रा भण्डारीले थप गोल गर्दै ४-० को अग्रता बनाउदै सेमिफाइलमा प्रवेश गरेको हो ।

खेलको वुमन अफ दि म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन् । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरिन । भोलि २० गते एपिएफ र उत्तर प्रदेशको मदर टेरेसा क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।

ओएसिस क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको दोस्रो संस्करण फागुन २४ सम्म चल्ने खेलमा विजेता टोलीले नगद चार लाख, उपविजेता टोलीले नगद दुई लाख आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

खेलाडीलाई विधागत रूपमा समेत पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार