महिला गोल्डकपमा : आर्मी क्लब फाइनलमा प्रवेश


सरिता राई  104 पटक हेरिएको

 

इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा त्रिभुवनन आर्मी क्ल्ब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा आयोजक ‌ओएसिश क्लबलाई २-० गोलले पछि पार्दै  सेमिफाइनलको यात्रा पुरा गरेको हो ।

आर्मीका लागि बिमला चौधरी निर्णायक बनिन । उनले खेलको ३९ र ६६ मिनटको अवसरलाई सदुपयोग गर्दै टिमलाई फाइनलमा पुर्याउँन सफल भइन् ।

खेलको पहिलो हाफको अन्तिम ३९ मिनेटमा बिमला चौधरीको पहिलो गोलसंगै सुरुवाती अग्रता लिएको हो ।

आर्मीका तर्फबाट खेलको पाँचौ मिनेटमा आर्मी हिमा चौधरिको अवसरलाई यसोदा ठकुरिले रोकिन । ८ औ मिनेटमा हिमाकै कर्नर प्रहार सदुपयोग भएन ।११ मिनेटमा हिमा चौधरिको पास चन्दा प्रहार गर्न सकिनन । १७ मिनेटमा चन्दाको पासमा बिमला चौधरी चुकिन ।२६ औ मिनेटमा सर्मिला थापाको अवसर पनि चुक्यो ।३२ डिबक्स छेउबाट फ्रीकिक प्रहार बिमला बिकको फ्रेममा परेन ।३४ मिनेटमा बिमला चौधरिको प्रहार पोष्ट बाहिर गएको थियो ।

आयोजकको तर्फबाट खेल सुरु भएको २ मिनेटमा सन्जु तामाको वान भर्सेस वानको प्रहार अन्जना रानामगरले रोकिन । यस्तै खेलको१६ मिनेटमा सन्जु तामाङको क्रसमा प्रीयन्का मगर चुकिन ।१८ मिनेटमा वर्षा ओलीले डिबक्स एरियामा पाएको अवसर सदुयोग भएन ।२४औ मिनेटमा किअर अघि बढेको बेला गरेको वर्षाको प्रहारमा पनि फिनिसिङ दिन सकेन ।३३ मिनेटमा प्रीयङ्का मगरको पास वर्षा ओलीले डिबक्स एरियामा पनि सदुपयोग गर्न सकिनन । ३७ मिनेटमा प्रीयन्का मगरको फ्री किक प्रहार सिधै अन्जनाको हातमा परेको थियो । हाफटाईमपछि ४ मिनेटमा जेनिफरको प्रहार अन्जनाको हातमा पर्यो । ७ मिनेटमा सुजता मगरको प्रहार गोलपोष्ट माथिबाटबाहिरबाट गएको थियो । १८ औ मिनेटमा वर्षालाई फल गरेपछी प्रीयन्काको प्रहार पोष्टमाथिबाट गएको थियो । आर्मीको तर्फबाट ३० र ३४ मिनेटमा चन्द्रा भण्डारीले डिबक्सको सुनौलो अवसर गुमाईन ।

दोस्रो हाफको सुरुवात देखि नै आर्मीले आयोजक क्लबलाई दबाबमा राखेको थियो । आजको वुमन अफ दि म्याच आर्मीकी बिमला चौधरी बनिन । उनले नगद रु ५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन ।

भोलि बिहिबार हुने सेमिफाइनल खेलमा एपिएफ भर्सेष नेपाल पुलिस क्लबबिच हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद रु ४ लाख नगद ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार