आउँदो चैत १ र २ गते इलाम साहित्य महोत्सवको चौथो संस्करण हुँदै


सेवारो खबर  78 पटक हेरिएको

इलाम: इलाम साहित्य महोत्सवको चौथो संस्करण आउँदो चैत १ र २ गते इलाममा हुँने भएको छ ।

पर्यटन र साहित्य प्रवर्धनका गर्न महोत्सव इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गर्न लागेको हो ।

प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले महोत्सवमा साहित्यक बहस, जिल्लाको कृषि, पर्यटन र पर्यावरणलाई जोडेर बहस तथा छलफल, गजल, कविता वाचनलगायत कार्यक्रम गरिने जानकारी गराए ।

महोत्सवले जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाई राख्न सहयोग गरेकाले यसलाई निरन्तरता दिइएको अध्यक्ष थाम्सुहाङले बताए ।

महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ, बंगलादेश र श्रीलंकाका साहित्यकार, लेखक तथा कलाकर्मी सहभागी हुँने बताइएको छ ।

महोत्सवमा २२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको प्रतिष्ठान कोषाध्यक्ष दीपेश श्रेष्ठले जानकारी गराए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार