इलाम: इलामको ठूलो टुँडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा विभागीय टिम शस्त्र (एपिएफ) ले फाईनलको यात्रा तय गरेको छ । चिरपरिचित प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई १ गोलले हराउदै एपिएफले फाइनलमा प्रवेश गरेको हो ।
एपिएफ लागि खेलको ३६ औ मिनेटमा एपिएफकी रस्मी कुमारी घिसिङ्ले गोल गर्दै फाइनलको यात्रा सुनिश्चित गरिन् । घिसिङले एपिएफकै रेनुका हमालले गोल पोष्टमा दिशा दिएको बल बिपक्षी गोल किपर उषा नाथको रिबाउण्ड बललाई जाली चुमाएकी हुन । उनको यो गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले राम्रा अवसर बनाए । तर थप गोल गर्न पनि सकेनन् । पुलिसले बराबरीसम्म गोल फर्काउँन नसक्दा सेमिफाइल मै चित्त बुझाउँदै घर फर्कनु पर्यो ।
खेलको ४ औ मिनेटमा अनिता बस्नेतको क्रसलाई रास्मि भेटिनन् । १० मिनेटमा अनिताको प्रहार सिधै किपरले नियन्त्रणमा लियो । १९ मिनेटमा सरु लिम्बुको प्रहार किपरले जोगाइन् ।
नेपाल पुलिकसका तर्फबाट खेलको १५ मिनेटमा मिना देउवाले गरेको प्रहार गोल किपर उषा नाथले जोगाइन् । खेलको २८ मिनेटमा मिनटको प्रहार सिधै किपरको हातमा परेको थियो । ४२ निर्मला उपाध्यायको प्रहारले सही दिशा लिएन ।
खेलको दोस्रो हाफमा नेपाल पुलिस क्लबले पाएको धेरै अवसरलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफको १४ मिनेटमा निरु थापाको क्रसमा अनुस्का चुकिन । २१ मिनेटमा पुहाको कर्नर प्रहारमा निकै घम्साघम्सी पर्यो तर बललाई जाली चुमाउँन सकेनन् ।२४ मिनेटमा निर्मलाको प्रहार गोल पोष्ट माथिबाट गयो । ३२ मिनेटमा अमृता जैसीको फ्रिकिक किपरले नियन्त्रणमा लिइन् ।
एपिएफले दोस्रो हाफमा ३ मिनेटमा अनिता बस्नेतको प्रहार रस्मीको सुटलाई किपरले रोकिन । १७ मिनेटमा सरुले गरेको प्रहार सिधै पोष्ट माथिबाट गयो ।
आजको खेलको वुमन अफ दी म्याच एपीएफकी अनिता बस्नेत भइन् । उनले नगद रु ५ हजार र ट्रफी हात पारिन् ।
शनिबारको फाईनल खेल एपिएफ र नेपाल आर्मी क्लब बीच हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद रु ४ लाख आकर्षक ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलिले नगद २ लाखमा चित्त बुझाउने छ ।