इलाम: दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप ईलाम २०८१ को उपाधी विभागीय टिम सशस्त्र (एपिएफ) ले हात पारेको छ ।
उपाधीका लागि शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा नेपाल आर्मी क्लबलाई २-१ गोलले पछि पार्दै उपाधी हातमा पारेको हो ।
उपाधी वजेताले नगद ४ लाख आकर्षक ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा उपविजेता बनेको नेपाल आर्मीले नगद २ लाखमा आकर्षक ट्रफ्री मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपाधी हात पार्न एपिएफकी सविता रानालाई आर्मीको डि–बक्स एरियामा फाउल भई पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन् । अर्को गोल सविता राना मगरले गोल गरिन् ।
आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई घटायो । आर्मीका लागि फरवार्ड विमला चौधरीले गोल गरिन् । उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना मगर उत्कृष्ट डिफेन्डर विमला बिक बनिन् घोषित भइन । दुबै जनाले नगद १०-१० हजार र ट्रफी हात पारे ।
सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटीले पनि १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
खेलको सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित् भइन् । उनले नगद १५ हजार र ट्रफीले पुरस्कृत भईन् ।
फाइनलको खेलको वुमन अफ दी म्याच एपीएफकी सबिता राना मगर बनिन । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरिन् ।