सूर्योदयमा ५ दिने बिपद प्रतिकार्य अभ्यास सम्पन्न


सेवारो खबर  91 पटक हेरिएको

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा ५ दिने बिपद प्रतिकार्य अभ्यास शनिबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा आगालागी भएमा जनधनको कसरी क्षति कम गर्न र घाइतेलाई बचाउने डेमो देखाइएको थियो । ग्यास सिलिन्डर लिक भएमा कसरी आगो नियन्त्रण गर्ने प्रत्यक्ष अभ्यास देखाईएको थियो ।

कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले बिपद जुनसुकै बेला जहाँ पनि आउन सक्ने र सो समयमा प्रहरी प्रशासन दमकल लगायत पुग्न समय लाग्ने हुदा तत्काल के गर्न सकिन्छ भन्ने बारेमा ज्ञान होस भनेर तालिमको आयोजना गरेको जानकारी दिए । उनले तालिमबाट निक्कै राम्रो ज्ञान सहभागीले पाएको र त्यसलाई आफुमा मात्र सिमिति नराखेर आफना वडाका अरुलाई पनि सिकाउन आग्रह गरे ।

सहभागिको तर्फबाट सुभाष राई मिलन क्षेत्री टिका गौतमले मन्तब्य तालिममा सिकेको सिप उपयोगी भएको बताए । प्रहरीसँगै बिपदमा सर्वसाधरण कसरी खटन सकिन्छ । बिपद आए क्षति कम गदै कसरी बाँच्न र बचाउन सकिन्छ भन्नेकुरा सिक्न पाउदा आफुहरु उत्साहित भएको बताएका थिए ।

तालिममा नगरका १४ वटै वडाका प्रतिनिधि नगर प्रहरी नेपाल प्रहरी शसस्त्र प्रहरी लगायत १ सय जनाको सहभागिता रहेको थियो । तालिम आरएनए १६ का अध्यक्ष अरुण सैजु लगायतका टिमले प्रशिक्षण दिएका थिए  ।

नगरका अधिकृत इश्वरी अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशिक्षक अरुण सैजु जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार