इलाम: मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मंगलबार मानव अधिकार आयोग कोशी प्रदेश विराटनगरले गरेको छलफल कार्यक्रममा बोल्दै मानव अधिकारको सवालमा स्थानीय सरकारले चासो नदिएको बताए ।
जिल्लाका मानव अधिकार रक्षक, नागरिक समाज र सञ्चारकर्मी सहभागी छलफलमा मानव अधिकारको सवालमा सरोकारवाला नै बेखबर बनेको बताए ।
नेपाल रेडक्रस सोसाइटी इलामका सभापति शिव गौतमले मानव अधिकारको सवालमा सरकारले चासो दिएरका काम गर्नुपर्नेमा जोड दिए । जिल्लाका स्थानीय तहमा भएका विभिन्न मानव अधिकारका सवालको अझै पनि प्रभावकारी सम्बोधनको प्रयास हुन नसकेकोमा दुख व्यक्त गरे ।
मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देबेन्द्र विश्वकार्माले सरकारले मानव अधिकारमुखी विकास अवधारणालाई अवलम्बन गर्नु पर्नेमा जोड दिए । उनले व्यक्तिले बाँच्न पाउँने अधिकारको विभिन्न सवालमा योजनाबद्ध काम गर्न नसके मानव अधिकारको सवाल अझ गम्भिर बन्दै जानेमा शंका व्यक्त गरे ।
गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष भक्त थामीले मानिसका आवश्यकतालाई ध्यानमा राखेर काग गर्न सके मात्र मानव अधिकारको सवाल सम्बोधन हुने बताए । उनले स्थानीय सरकारहरुमा देखिएको नीतिगत भ्रष्टाचार ढिलासुस्ती उपभोक्ताको सवालमा चासो राखेर सम्बोधन गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईले जिल्लाकामा नागरिकता नपाएका व्यक्ति, जन्मदर्ता नभएको बालबालिका, द्वन्द पीडितले नपाएको राहतका विषयमा सरकारले चासो राख्नु पर्ने बताए ।
छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्ला कारागारको समस्या नीजि तथा सरकारी विद्यालयमा भएका बेतिथी राष्ट्रीय परिचय पत्रको समस्या सरकारको काम कारबाहीको समालमा मानव अधिकारको सम्बन्धका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा समसामयिक विषयको सवालका विषयमा मानव अधिकार आयोगका यमराज लिम्बू र चिरञ्जिबी कोइरालालले सहजिकरण गरेका थिए ।