६० औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस: ‘विभेदको स्वरुप फेरिएको छ’


सरिता राई  126 पटक हेरिएको

इलाम: ६० औ अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवस जातीय विभेदको वर्तमान अवस्था र यसको अन्त्यको लागि सरोकारवाहरुको भूमिका विषयक जिल्ला स्तरिय संवाद कार्यक्रम शुक्रबार भएको छ ।

मानव अधिकार मञ्चको संयोजन र विभिन्न जातिय संघसस्था, चेतना नाट्य समुहको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा जातीय विभेद अझै पनि हट्न नसकेको बताउँदै दलित अधिकारकर्मीले जातीय भेदभावको स्वरुप फेरिएको बताएका छन् ।

नेकपा माओवादिका प्रतिनिधि प्रकाश परियारले छुवाछुत अन्त्य भएपनी समाजमा यथास्थितिमा रहेको बताए । जातिय भेदभावको स्वरुप परिवर्तन भएको छ परियारले भने ‘सामाजिक संजालमा दलित सम्बधी केही लेखे अझैपनी दलित अधिकारका कुरामा अल्झिने र दलितको कोटा छ भनेर होच्याउने जस्ता गतिविधिहरु भैरहेको छ ।’

दलितको सवालमा छत्र बराईलीले स्थानीय स्तरमा छुट्टिएको बजेटलाई प्रभावकारी रुपमा प्रयोग हुन नसकेको बताए । उनले भने ‘यसतर्फ ध्यान दिन जरुरी छ ।’

बृहस्पति उपरकुटी हालसम्म आफुहरुले यो जातिय विभेदलाई कम गर्ने काम बाहिरी सतहिरुपमा मात्र भइरेको छ अब भित्री रुपमा काम गर्न आवश्यक रहेको बताए ।

विद्यार्थी राजेन्द्र लोहारले आर्थिक रुपमा कमजोरहरुको अझ बढी विभेदमा परेको अवस्था रहेको बताएका छन । सहभागी इन्दिरा दासले समुदायमा काम गर्ने क्रममा नदेखिदो पारामा विभेद भैरहेको महसुश गरेको बताइन् । उनले काम सँगै गरेपनि खाने समयमासँगै नहुँदा खान मन छैन भनी टार्ने गरेको गुनासो समेत व्यक्त गरिन । सुवास गहतराज वडामा दलितका मुद्दाहरुलाई प्राथमिकतामा नराखेको महसुश गरेको बताए ।

छलफलमा नेपाली काङग्रेसका लक्षमण पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बराल, जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, इलाम नगरका उपप्रमुख विष्णु कुमारी दाहाल लिम्बु, एसपी एकनारायण कोइराला, गैर सरकारी संस्था महासंघ इलाम अध्यक्ष भक्त थामी, मानव अधिकार मन्चका कार्यकारी निर्देशक देवेन्द्र विस्वकर्मा, मनकुमार बराइली लगायतले दलितको सवालमा सरोकारवालाले काम गर्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार