‘सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्छ’


सेवारो खबर  108 पटक हेरिएको

इलाम: सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । राष्ट्रीय सूचना आयोगले सूचनाको हकमा महिला सशक्तिकरण सम्बन्धि अन्तरक्रियका बक्ताले सूचनाले व्यक्तिलाई सबल बनाउँने बताए ।

आयोगका आयुक्त दुर्गा भण्डारी पौडलले नागरिकको हक नै सूचनाको हक भएको बताइन् । उनले पाउँने कानुनी अधिकार भएपनि सूचना दिने र लिनेमा रस्काकस्सी चलिरहेको बताउँदै लक्षित वर्ग समुदाय सम्म सूचना पुग्नुपर्नेमा जोड दिइन् ।

आयुक्त भण्डारीले ‘सूचना दिन मौनता साँधियो भने आयोगको अपमान भएको ठहरिने भएकोले सूचना नदिएकै कारण दण्डित नबन्नुहोस उनले भनिन् सूचना दिएर नै विकसित हुन्छौ ।’

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाले नै नागरिकलाई जोड्ने भएकोले यसलाई नागरिकको पहुँचसम्म पुर्याउँनु पर्नेमा जोड दिइन् । उनले नागरिकले पाउँनुपर्ने सूचना तथा जानकारीलाई पहुँच योग्य बनाउँनेक काम भइरहेको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईले सूचनाको हकको बारेमा स्थानीय तहसम्म पुग्नुपर्ने बताए । उनले सूचनाले नागरिकलाई जोड्दै लोकतन्त्रलाई संस्थागत गर्नु पर्नेमा जोड दिए ।

‘सञ्चारकर्मीहरु समेत दलको छायामा परेका छन् प्रमुख राईले भने दलहरुले पारदर्शी ढंगले काम नगरेरै लोकतन्त्र विरोधले खुट्टा उचालिरहेका छन् ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष भीम चापागाईले सूचना सूचना अधिकारीसँगै हुँदैन सूचना दिने र लिनेले यसको बारेमा जानकार हुन वर्तमानको आवश्यकता रहेको बताए ।

आयोगका सूचना अधिकारी सुदर्शन ढकालले सूचनाको हकको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार