मानव अधिकार मञ्चले मनायो २७औं वार्षिक उत्सव


सरिता राई  266 पटक हेरिएको

इलाम: मानव अधिकार मन्च नेपाल इलामले सोमबार २७औं वार्षिक उत्सव मनाएको छ । उत्सवका अवसरमा मञ्चले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रम तथा परियोजनाको विषयमा समिक्षा गरेको जनाइएको छ ।

मानव अधिकार मञ्चको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले मञ्चले गर्दै आएको कार्यक्रम तथा परियोजनाको प्रगतिको विषयमा जानकारी गराए ।

बार्षिक उत्सवकै अवसरमा योजना तथा अनुगमन प्रमुख योगराज सापकोटाले संस्थाको विकासको  रणनीतिक योजनाबारे जानकारी गराए । मेलमिलापका विषयमा पारस राई सहजिकरणका विषयमा सन्तोष मगरले जानकारी गराए थिए । यस्तै बालबालिका तथा मनोविमर्शका विषयमा रुद्र थेबे, बालहेल्पलाइनका विषयमा भक्तबहादुर थामी, सामाजिक समावेशिताको क्षेत्रमा मनकुमार बराईलिले जानकारी गराए ।

कार्यक्रममा संस्थाका सल्लाकरका छत्र बराइली, इलाम नगरपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष ठाकुरनारायण श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । यसै अवसरमा मानव अधिकार मञ्चले निर्माण गर्दै गरेको भवनका लागि सूर्योदय नगरपालिका कन्यामका डम्बरबहादुर कट्वालले पाँच हजार एक सय सहयोगसमेत हस्तान्तरण गरे ।

मानव अधिकार मञ्च नेपालइलाका उपाध्यक्ष डिमला राईले स्वागत गरेको उत्सव कार्यक्रमको सञ्चालन मन्चका कार्य समिति सचिव सर्मिला राईले गरिन ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार