“अप्पर तमोर हाईड्रोपावरले आदिवासी तथा स्थानीय समुदायको अधिकार कुण्ठित गर्यो”


सेवारो खबर  188 पटक हेरिएको

फूङलिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माणाधिन अपर तमोर हाईड्रोपावरले आदिवासी तथा स्थानीय समुदायको अधिकार कुण्ठित पारेको बताइएको छ ।

स्थानीय अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले हाइड्रोपावरले मानव समुदायको सभ्यताको केन्द्रलाई ध्वस्त पार्न खोजेको शुक्रबार फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा उल्लेख छ ।

निर्माणाधिन हाइड्रोपावर क्षेत्र स्थानीयवासीको मुन्धुमी, धार्मिक, सांस्कृतिक, प्राकृतिक महत्वको भएको विज्ञप्तीमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा शुक्रबार भएको छलफलले आफूहरुको माग प्रति ठोस निष्कर्ष नदिएको जानकारी गराउँदै कम्पनीको काम सबै रोकिएको अवस्थालाई निरन्तर दिई उच्च स्तरिय बार्ता मार्फत आफूहरुको मागलाई सम्बोधन गर्नुपर्ने संघर्ष समितिका संयोजक बिरबल लिङखिमले बताए ।

यसअघि असार २३ गतेको वार्ताले पनि आदिबासी तथा स्थानीय समुदायको अधिकारमाथि बेवास्ता गरी कुन्ठित गर्ने काम गरेकोले मागको सम्बोधन नभएसम्म आन्दोलन नरोकिने संयोजक लिङखिमले जानकारी गराए ।

बिज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार