
इलाम: भूमिका फियाकको संयोजकत्वमा याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम शनिबार गठन भएको छ
बजारमा सम्पन्न सयङको भेला तथा अन्तरक्रिया कार्यक्रमले १७ सदस्यीय बनाउँदै बैधानिकता प्रदान गरेको हो ।
समूहको सदस्यहरुमा राम लिङदम, रुद्र थेबे, बिशाल सोङ्मी, बेलबहादुर पत्रे (बिबि), याम लोरिन्देन, अमिरजंग इमेहाङ, भीम येक्तेन, कुमार पत्र, योगेन्द्र लावती, नरेन्द्र फियाक, दिपक योङहाङ, छत्रबहादु सङबाङ्फे ,नरेन्द्र जबेगु, विजय वनेम फागो, लोक सागर साँवा र टेकबहादुर लिङ्देन रहेका छन् ।
भेलामा सहजिकरण समूहका केन्द्रीय प्रतिनीधि नन्द कन्दङ्वा र नरप्रसाद लुम्फुङ्वाले सहभागीको जिज्ञासा समाधान गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य विश्वदिप लिङदेनले सामुदायिक विकासको लागि याक्थुङ सयङले एकताबद्ब भएका काम गर्नु पर्नेमा जोड दिए ।

सयङले आआफ्नो समुदायको पर्थाजनित भूमि सामुदायिक सम्पत्तिका रुपमा पहिचान गरी स्थानीय सरकारलाई अभिलेखिकरणमा सहयोग गर्ने बताइएको छ ।

‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नाराका साथ समूहले याक्थुङबाको आआफ्नो पकड क्षेत्रको गाउँ स्तरको विकास भाषा लिपि संस्कृति परम्परा भूमि प्राकृतिक स्रोत चर्चेको बन जंगल चिहान माङ्गेन्ना यक मुन्धुमी स्थलहरुको संरक्षण र प्रवर्द्बन गर्दै अन्तराष्ट्रिय कानुनले सुनिश्चित गरेको आफ्नो प्रथाजनित भूमिलाई व्यवहारिक रुपमा स्थापित गर्नेछ । यसका साथै लोप भइसक्न लागेको लिम्बुहरुको प्रथाजनित परम्परागत संस्थालाई थरगत बसोवास रहेको गाउँमा प्रथाजनित संस्थालाई स्थापित गर्दै तिनीहरुलाई न्यायिक र शासकीय स्वरुपमा कार्य गर्न सबल सशक्त बनाउँन आधारभूत रुपमा काम गर्नेछ ।

247 पटक हेरिएको 











