किराँत याक्थुङ चुम्लुङ माइजोगमाई अध्यक्षमा ‘रबिन’


बुद्दमाया सोङ्मी  216 पटक हेरिएको

नयाँबजार: तुलबहादुर चेम्जोङ(रबिन)लाई अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ माइजोगमाई गाउँपालिका इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

शाखाको उपाध्यक्ष ठालुमान कुरुम्बाङ सचिव धनाहाङ ताम्लिङ सह सचिव रबिन सोङ्मी र कोषाध्यक्ष मनिषा लिम्बू छनौट भएका छन् ।

अधिवेसनले सदस्यहरुमा बिमल थेबे, अमृत कुमार नेम्बाङ, सीता थेबे, अनित साँवा, मिलन हुक्पा चोङबाङ, लक्ष्मण सेम्बो, युवराज सोदेम्बा, गजेन्द्र मादेन, यामुना येक्तेन, मनिता साँवा र सुदिप फागो छानेको छ ।

रविन लिम्बूको अध्यक्षतामा सम्पन्न अधिवेसनको प्रमुख अथिति कियाचु जिल्ला अध्यक्ष बुद्दमाया विशेष अथिति गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रविना राई, कियाचु जिल्ला सदस्य रुद्र थेबे, आदिवासी जनजाति महासंघ पालिका प्रतिनिधी लगायतको उपस्थीति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार