इलाम: आउँदो फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले इलामका लागि उम्मेद्वार टुङ्गो लगाएका छन् ।
पार्टीका तर्फबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्योदयका निवर्तमान नगर प्रमुख रणबहादुर राईलाई टिकट दिएको छ ।
राई जनमुखी विकासप्रेमी नगरप्रमुखका रुपमा चिनिन्छ । उनले नगरको समग्र विकासमा नयाँ आयाम तथा अभियन्ताको रुपमा समेत परिचित छन् ।
निर्वाचन क्षेत्र नम्बर २ का लागि भने ओम बहादुर गुरुङले पार्टीको टिकट पाएका छन् । गुरुङ अत्यन्तै सरल स्वभाव, विकास प्रेमि, कम भाषण तर धेरै काम गर्ने बताइन्छ ।

70 पटक हेरिएको 











