
इलाम: पत्रकार पर्यटनका विषयमा सकारात्मक सन्देशका बाहक बन्नु पर्ने इलाम नगरपालिका बरबोटेको नेपाल भिलेज होमस्टेमा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् ।
उनिहरुले ग्लोबल मिडिय एण्ड एडभर्टाइजिङ प्राइभेट लिमिटेडको आयोजनामा भएको तीन दिवसीय पर्यटन पत्रकारिता तालिमको उद्घाटन सामारोहका सहभागी बक्ताले पत्रकार पर्यटनका विषयमा सन्तुलित ढंगले सकारात्मक सन्देशको बाहक हुनुपर्नेमा जोड दिए ।
इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले पत्रकारले जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार संप्रेशण गर्नु पर्नेमा जोड दिए । उनले पर्यटन पत्रकारिता मार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकारात्मक सन्देश दिनु पर्ने औल्याए ।
उद्योग बाणिज्य संघ इलाका अध्यक्ष कृष्ण पौडेलले पत्रकार सकारात्मक सन्देशको बाहक बन्नुपर्नेमा जोड दिए । उनले पर्यटनले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाइरहने पेशा भएकोले यस विषयमा सकारात्मक सन्देश दिन सबै लाग्न आग्रह गरे ।
इलाम नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मदन श्रेष्ठले पर्यटनको क्षेत्रमा पत्रकारले सकारात्मक सन्देश दिनु पर्नेमा जोड दिदै पर्यटनको विकासमा सबै क्षेत्र लाग्न आग्रह गरे ।
पूर्वेली जीप तथा यातायात प्राइभेट लिमिटेडका अध्यक्ष गृष्म सुब्बाले पर्यटनका क्षेत्रमा पत्रकार सकारात्मक तथ्यपरक समाचारका सम्बाह बन्नुपर्नेमा जोड दिए । उनले पर्यटनको विकास एकल ढगले नभई साझा प्रयासको उपलब्धि भएको बताउँदै यसको विकास सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिए ।
पर्यटन कार्यालय काँकडभिटटा झापाका प्रमुख छबिलाल खतिवडाले पत्रकारले सबै लागि सकारात्मक सन्देशकका बाहक बन्दै देशको समृद्धिका लागि काम गर्न आग्रह गरे ।
प्रेस चौतारीका मनोज अधिकारी, प्रेस युनियनकी सबिता पाण्डे. प्रेस सेन्टरका नमिन ढकाल र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) याम माबोहाङेः सञ्चारकर्मीले सञ्चारसँग सम्बद्ध सबै खाले सीपको विकास गर्न सकेमात्र सबेका साझा पत्रकार बन्न सकिने बताए ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष चापागाईंले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे ।
महासङ्घ इलामका व्यवस्थापन र पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तालिम आइतबार शुरु भएको हो । तालिम नेपाल पत्रकार महासङ्घका अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा भइरहेको छ ।
पर्यटन पत्रकारिता तालिममा इलाम. झापा, पाँचथर र ताप्लेजुङका ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।
तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फिचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारिता विषयमा जानकारी गराइने महासंघ सचिव टिका खतिवडाले बताए ।
पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व अध्यक्ष केशवकुमार धौराली पर्यटन पत्रकारिताका विषयमा जानकार विराट अनुपमले सहजिकरण गर्ने बताइएको छ ।
तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइने जनाइएको छ । तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी समाचार तथा सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाले जनाएको छ ।

103 पटक हेरिएको 











