निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगको जोड


सेवारो खबर  91 पटक हेरिएको

इलाम: राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड गरेको छ ।

आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलसँग आइतबार आयोगमा छलफल गर्दै  निर्वाचन मानव अधिकारमैत्री आग्रह गरेको छ ।

आयोगले छलफलपछि एक विज्ञप्ति जारी गर्दै दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा मानव अधिकारको अनुगमनलाई राष्ट्रिय मानव अधिकार आयोगले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने जानकारी गराए । कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘लोकतन्त्रमा आवधिक निर्वाचन मानव अधिकारको विषय हो । नेपालको संविधानको प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन लगायतका विषय उल्लेख गरिएको छ । स्वच्छ र भयरहित वातावरणमा मतदान गर्न पाउने, उम्मेदवार हुन पाउने, राजनीतिक दल खोल्ने, सभा सम्मेलन गर्न पाउने, समावेशिता लगायतका अधिकारहरु नेपालको संविधान, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, जातीय विभेद विरुद्धको महासन्धि १९६५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ लगायतका नेपाल पक्ष राष्ट्र भएका महासन्धिहरुले सुनिश्चित गरेका छन् । त्यसैगरी, राजनीतिक दलको दर्ता, विधान र अन्तरिक लोकतन्त्र, सदस्यता र समावेशिता, निर्वाचनमा सहभागिता लगायतका विषयहरु राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समेत उल्लेख गरिएका छन् । यस सन्दर्भमा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ ।’

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार