म्याग्दी : म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् । अध्यपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ स ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत पाए ।
नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे ।
एउटा मात्र निर्वाचन छेत्र रहेको म्याग्दीमा ८६ हजार३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

88 पटक हेरिएको 














