
इलाम: प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँन क्रम जारी छ । यस पटक निर्वाचन क्षेत्र नम्बर २ को मत परिणाम कसैले आँकलन नगरेको देखा पर्यो ।
मत परिणामलाई हेर्ने हो भने वर्षौदेखि परिवर्तनको पक्षमा उभिएको माङ्सेबुङ गाउँपालिकाले बिरासतलाई संस्थागत गरेको देखिन्छ ।
स्थानीय मनकुमार आङबुहाङ फेसबुकमा लेख्छन् ‘माङसेबुङ गाउँपालिकामा यो चुनावमा पनि परिवर्तनको पक्षमा मत देखियो । प्रतिनिधि सभा चुनावमा ६ वटा वडामध्ये ५ वडामा माटोले अग्रता निकाल्दै समग्रमा २ हजार ९ सय ७७ मत प्राप्त गरेको छ । यो मत प्रतिद्धन्दी नेकपा एमाले भन्दा १ हजार १७ ले बढी हो । यसैगरी नेपाली कांग्रेस भन्दा १ हजार ८ सय ६२ ले बढी हो ।’

आङ्बुहाङ थप्छन् ‘यसअघिको उप निर्वाचनमा पहिचानवादी मार्चाका स्वतन्त्र उमेद्धारका पक्षमा माङसेबुङबाट पहिलो मत खसेको थियो । त्यसबेलाको पहिचानवादी मोर्चाको अधिकांश दल र समूह अहिले माटोमा एकताबद्ध भएका छन् । यसो गर्दा अघिल्लो निर्वाचनभन्दा करिब ५ सय मतले परिवर्तनको पक्षमा मत देखियो । अझ यसमा हात मिलाएको (जनमुक्ति) भोट जोड्दा अझ बढी हुनेछ ।’
‘माङसेबुङमा परिवर्तनको पक्षमा देखिएको मतले आगामी स्थानीय चुनावमा यही मतfधार कायम राख्न सके माटोले गाउँपालिका र अध्यक्ष उपाध्यक्ष र ५ वडामा सहज जित निकाल्ने देखिन्छ । यसले यसअघि एमाले र कांग्रेस ठूला दल भन्ने भाष्यलाई माङसेबुङमा खारेज गरेको छ है आङबुहाङले भनेका छन् ।’
समग्र माङ्सेबुङको मत परिणाम


113 पटक हेरिएको 














