इलाममा नेकपा एमालेका उम्मेद्वारले अग्रता बढाउँदै


सेवारो खबर  122 पटक हेरिएको

इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेकपा एमालेको उम्मेद्वारले अग्रता बढाउँदै लगेको छ ।

मत परिणाम अनुसार इलाम १ मा नेकपा एमालेका काजिमान कागतेले ४७१ मतले  नेपाली कांग्रेसका निश्कल राईलाई पछि पारेका छन् । उनले ३४४४ मत पाएका छन् । राईले २९७३ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका उम्मेद्वार विनोद नेम्बाङ २९३५ मत सहित तेस्रो स्थानमा छन् ।

अहिलेसम्ममा इलाम १ मा १४ हजार ५७ मत गणना भएकोमा ९ सय ६७ मत बदर भएको जनाएको छ । क्षेत्र नम्बर १ मा १३ हजार ९० मत गणना भइसकेको छ ।

मत परिणाम

इलाम २

इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सुहाङ नेम्बाङको पनि अग्रता कायमै छ । नेम्बाङले १४ हजार ९ सय ५४ मत ल्याएका छन् ।

नेम्बाङ श्रम संस्कृती पार्टीका सुदिप राईसँग ३ हजार २ सय ६१ मतले अघि छन् । राईले ११ हजार ६ सय ९३ मत ल्याएका छन् ।.

नेपाली कांग्रेसका भेषराज आचार्यले ८ हजार २ सय ९२ मत ल्याउँद राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेद्वार गोकुलबहादुर राईले ४ हजार ३ सय १२ मत छ ।

४५ हजार २ सय ११ मत गणना गरिएकोमा २ हजार ५ सय ५१ मत बदर भएको छ ।

पछिल्लो  मत परिणाम अनुसार चुलाचुली, माङ्सेबुङ फाकफोकथुम, गाउँपालिका, माई नगरपालिका गाउँपालिका र देउमाई ९ बाहेक सबै वडाको मणना सकिएको छ । अहिले देउमाई नगरपालिका वडा ९ को मत गणना जारी छ ।

मत परिणाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार