‘याक्थुङबामा राजनीतिक जागरण ल्याउँन आवश्यक’


याम माबोहाङ लिम्बू  170 पटक हेरिएको

भद्रपुर: याक्थुङबाहरुमा राजनीतिक जागरण ल्याउँन आवश्यक रहेको किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष, पूर्व मन्त्री, चुम्लुङ सल्लाहकार रकम चेम्जोङले बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रीय महाधिवेसनको उद्घाटन समारोहमा बोल्दै चुम्लुङले सांस्कृतिक जागरण ल्याएको छ अब यसले राजनीतिक जागरण ल्याउँन आग्रह गरे ।

‘चुम्लुङले राजनीतिक वातावरण सिर्जना गर्नु पर्छ । चुम्लुङले राजनीति गर्नु हुँदैन भन्ने पञ्चायती धङधङ्गी मात्रै हो । कालरात्रीको धङधङ्गी हो । शासकको आरोप मात्रै हो । जातिको हितको विषयमा आवाज उठाउन पाउँनु पर्छ’ चेम्जोङले भने  .

संस्थापक उपाध्यक्ष चेम्जोङले याक्थुङ लाजेको लागि चुम्लुङ लडिहरको छ भन्दै यो अस्तित्व, भूमि रअधिकारको लडाइ हो । यसमा चुम्लुङले अहम भूमिका खेल्नु पर्नेमा जोड दिए ।

‘आन्दोलनले मात्रै अवसरहरुको सिर्जना भएका छन् । त्यसैले आन्दोलनले मात्रै लक्ष्यमा पुर्याउँछ । चुनाव र आन्दोलन दुवै साधन हुन । एउटा सधानले काम दिएन भने अर्को साधन चलाउनु पर्छ । यसका लागि निरन्तर लड्न आवश्यक छ । थाक्नु हुँदैन’ भन्ने चेम्जोङको तर्क छ।

‘अहिले राज्यद्वारा जानाजान सांस्कृति माथि अतिक्रमण भइरहेको छ । ऐतिहासिक स्थलको अतिक्रमण भइरहेको छ । यसको उदाहरण कोशी नामाकरण जबरजस्त रुपमा पहिचान माथिको अतिक्रण हो, पूर्व मन्त्री चेम्जोङले  भने मुक्कुमलुङ अतिक्रमण ऐतिहासिक लिम्बुवान माथिको अतिक्रमण हो । हामी सबै मिलेर यसको विरुद्ध लाग्न सके मात्र राजनीतिक रुपमा यो मुद्धा उठेर जान सक्छ ।’

जबसम्म समाज समस्या हुन्छ, समस्या समाधान नभई अगाडि बढ्दैन । याक्थुङ समाजले पहिचान नपाई कसरी अधिकार पाउँछ । लिम्बुवानमा समस्या छ समाधान नभइ अगाडी बढ्दैन सक्दैन यसलाई सरकारले बुझ्नुपर्छ । राजनीतिले सकारात्मक रुपमा बुझ्नु पर्ने चेम्जोङले तर्क गरे ।

‘भाषा आयोगले सिफारिस गरेको प्रदेशको कामकाजी भाषा मैथिली र लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउँन आनाकानी गरिरहेको छ । संस्थापक उपाध्यक्ष चेम्जोले भने भाषा जीउँदो रहयो भने मात्र सभ्यता जिउँदो रहन्छ, इतिहास, पहिचान, संस्कृति जीवित रहन्छ । भाषामा जोड गरौं ।’

नेपालको मातृभाषा मास्न शुरुदेखि आजसम्म प्रयत्न गरिहरेको छ । भाषा मासियो भने अस्तित्व मासिन्छ । यस विषयमा गम्भिर रुपमा चुम्लुङले अहंम भूमिका खेल्नु पर्ने बताए ।

‘चुम्लुङले अहिलेसम्ममा एकिकृत संस्थागत बनाउँन योगदान गरेको छ । उनले भने ‘इतिहास संस्कृति धर्मलाई ट्रयाकमा लाने काम गरेको छ । याक्थुङहरुको अधिकारका लागि लड्ने संस्था हो ।’

चेम्जोङले भने ‘याक्थुङबाहरुले सगरमाथाको लक्ष्य बोक्नु पर्छ । पहिचानको राजनीतिलाई गलत व्याख्या गरिएको छ । तर यो अस्तित्वको लडाइ हो । मुक्कुमलुङको अतिक्रमण प्राकृतिक स्वरुप विगारिरहेको छ । यसलाई बचाउँनु पर्छ । यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार