
भद्रपुर: किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले सिलामसाक्मा राष्ट्रीय बिम्व भएको बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन उद्घाटन समारोहमा बोल्दै चुम्लुङले चालेको कदमको सफलता नै सिलामसाक्मा राष्ट्रीय बिम्व भएको तर्क गरे ।
‘चुम्लुङले चालेको कदमको पहिलो सफलता हो । हुनेवाला प्रधानमन्त्रीले सिलामसाक्मा लागएर संसदमा पुर्याए’ उनले भने पहिचान दबाउँने शक्तिको भूमिकालाई दबाउने सिलामसाक्मा हो । त्यसले यो राष्ट्रको बिम्व हो ।’
‘नो कोशी, मुक्कुमलुङमा नो केबलकार पहिचान विषयमा हामी प्रष्ट छौं । पहिचान भूमि मुन्धुमी स्थलको अतिक्रमण गर्नु हुँदैन भन्दा राज्यले जबरजस्ती दमन गर्यो भन्दै अध्यक्ष येक्तेनले भने सहिद बनायो यसले हामीलाई हाम्रो अस्तित्वका लागि सधैं लडि रहेने बनाएको छ । जबसम्म अधिकार प्राप्ति हुँदैन ।’
येक्तेनले अर्को प्रशंग जोड्दै भने आदिवासी जनजातिकहरुको अधिकार र अस्तित्वका लागि नेतृत्व गर्ने आदिवासी जनजाति महासंघ राजनीतिक भागबण्डाको चलखेलमा फस्नु हुँदैन । आदिवासी जनजातिको आवाजलाई मार्नु हुँदैन ।’
उनले आदिवासी जनजाति पक्षमा हामीले बिद्रोह गर्यो । महासंघ राजनीतिक दलको गोजीको होइन । स्वतन्त्र रुपमा आदिवासी जनजातिको हुनु पर्नेमा जोड दिए ।
नेतृत्वले मुद्दा र विषयवस्तुमा क्लियर हुनुपर्छ । यदि संस्थागत रुपमा क्लियर नभएका व्यक्तिले नेतृत्व गर्यो भने मुदा र विषयवस्तुलाई संस्थागत गर्न नसक्ने अध्यक्ष येक्तेनले तर्क गरे ।
पहिचान र अस्तित्वलाई राज्यले संवोधन गर्नुपर्नेमा जोड दिएको उद्घाटन कार्यक्रम याक्थुङ लिम्बूको सांस्कृतिक झाँकी समेत प्रस्तुत भएको थियो ।

149 पटक हेरिएको 














