
इलाम: चेतना नाट्य समूह र मानव अधिकार मञ्च नेपाल, इलामले सञ्चालन गरेको पाँच दिवसीय “संवादमा कला” कार्यशाला शनिबार सम्पन्न भएको छ ।
सिभिल पिस सर्भिस (GIZ/ZFD) को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यशालमा सम्वाद मार्फत सम्बन्धको निर्माणको विषयमा जानकारी गराइएको थियो ।
कार्यशालामा शरीर, हाउभाउ र विश्वास निर्माण, अर्थ, सिद्धान्त र मान्यताका विषयमा अभ्यासको सीपको बारेमा जानकारी गराइएको थियो । सम्वादमा पात्र निर्माण र समानुभूति सम्बन्धी गतिविधि, शक्ति र द्वन्द्व, कला र समाधान, कला र संवादका विषयमा छलफल तथा अभ्यास गरिएको आयोजकले जनाएको छ।
GIZ का शान्ति सल्लाहकार साधुराम तामाङ, चेतना नाट्य समूहका सुरेश पोर्तेल र सरिता राईले सहजिकरण गरेको कार्यशालमा २२ जना युवाहरूको सहभागिता थियो ।
सहजकर्ता सुरेश पोर्तेलले कार्यशालाको उद्देश्य सहभागीहरूको पूर्वाग्रह, धारणा र भावनात्मक प्रतिक्रियाहरू पहिचान गर्ने क्षमता विकास गर्नु, संवाद संस्कृतिको अभ्यास सुरु गर्नु, सक्रिय सुनाइ र मान्यतालाई निलम्बन गर्ने अभ्यास गराउनु तथा कला मार्फत संवादलाई बुझाउने रहेको बताए। उनले उद्देश्यअनुसार सकारात्मक प्रतिक्रिया प्राप्त भएको समेत जानकारी दिए।
सहभागीहरूले कार्यशालाबाट नयाँ ज्ञान र सीप हासिल गरेको तथा अरूभन्दा फरक किसिमको अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले संवाद जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। कलाको माध्यमबाट संवादलाई बुझ्दा सजिलै आत्मसात गर्न सकेको अनुभव भयो भने ।

83 पटक हेरिएको 














