वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट


सेवारो खबर  137 पटक हेरिएको

इलाम:  वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम नगरपालिका उत्कृष्ट घोषित भएको छ। उत्कष्टताको पुरस्कार नगर प्रमुख केदार थापाले ग्रहण गरे ।

नेपाल नगरपालिका संघको ३३औं वार्षिक उत्सवमा संघले प्रदान गरेको विभिन्न पाँच विधामध्ये उक्त विधामा उत्कृष्टता हासिल गरेको हो।

एउटै विधामा गोदावरी नगरपालिकासँग समान ८५/८५ अंक प्राप्त गर्दै इलामले संयुक्त रूपमा पहिलो स्थान हासिल गरेको जनाएको छ।

कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले विजेता स्थानीय तहहलाई पुरस्कार वितरण गरेका छन् ।

यसैगरी, अन्य विधातर्फ हलेसी तुवाचुङ नगरपालिका (संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन), मन्थली नगरपालिका (स्थानीय आर्थिक विकास), मटिहानी नगरपालिका (सामाजिक विकास) तथा पोखरा महानगरपालिका (योजना तथा पूर्वाधार विकास) पुरस्कृत भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार