
इलाम: गैर संस्था महासंघ(गैसस) इलामले शुभकामना आदान प्रदानसँगै सोमबार भित्तेपात्रो विमोचन गरेको छ ।
महासंघ इलामले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान भित्तेपात्रो विमोचन गरेको महासंघ अध्यक्ष भक्त थामीले जानकारी गराए ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको मकार्यक्रमा मानव अधिकार मञ्च नेपाल, इलामकी सचिव सर्मिला राई, राम रिमालले सामाजिक विकास अभियानलाई संस्थागत रुपमा गैरसरकारी संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।
महासंघ अध्यक्ष भक्त थामीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको महासंघका सचिव मनकुमार बराइलीले सञ्चालन गरे ।

195 पटक हेरिएको 














