इलाम: रोङ गाउँपालिकामा बुधबार प्रहरीले १३ सय बढी गाँजाको बोट फाँडी नष्ट गरेको छ । रोङ गाउँपालिका ६ जौबारीको बिभिन्न ठाउँको पाखाबारी र सार्वजनिक जग्गामा उम्रिएको अन्दाजी १३ सय गाँजाका बोट फडानी गरी सोही स्थानमा जलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयले प्राकृतिक रूपमा मानिसको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगर खटिएको प्रहरी निरीक्षकको टोलि तथा प्रहरी चौकी जिर्मले प्रहरीले गाँजा फडानी गरी नष्ट गरेको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी गराए ।
यस अघी प्रहरीले माईजोगमाई गाउँपालिका ३ गुप्तीका बस्तीमा रहेका गाजाका बोट फडानी गरी नष्ट गरेको थियो ।

239 पटक हेरिएको 











