
इलाम: जातीय विभेद तथा छुवाछूत उन्मुलन अभियानमा सरोकारवाला लाग्न आवश्यक रहेको सोमबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले जातीइ छुवाछूत तथा भेदभाव उन्मुलनमा सरोकारवाला निकायका भूमिका विषायक अन्तकृयमा बोल्दै भेदभावलाई राजनीतिक रुपमा उन्मुलन गर्नुपर्नेमा जोड दिए ।
१८ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गरिएको कार्यक्रममा दलितहरु समाजको दोस्रो दर्जाको रुपमा रहनु, मानव भएर बाँच्न पाँउ भन्नु परेको अवस्था दुखद रहेको जनाए ।
मानव अधिकार मञ्च इलाम, जिल्ला प्रहरी कार्यलय र इलाम जिल्लामा दलित अधिकारको क्षेत्रमा क्रियाशिल सस्थाहरुको संयुक्त आयोजनामा १८ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको उपलब्धि र चुनौतिका विषयमा समेत समिक्षा गरे ।
राजनीतिक रुपमा जातीय विभेदका विषयमा विभिन्न निर्णय गरी अघि बढनु पर्ने बताउँदै, यसका विषयमा आफ्नो पार्टीमा राख्ने अन्तरकृयामा नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरेन्द्र खडकाले बताए । उनले विभिन्न स्थानीय तहमा निर्वाचित दलित समुदायका व्यक्तिहरु भेदभाव उन्मुलनका लागि एक भएर अघि बढन सके उपलब्धि हासिल हुनेमा जोड दिए ।
देशमा विभिन्न आन्दोलन पश्चात् विभिन्न अधिकार प्राप्त भएपनि आधारभुत तहका व्यक्तिहरुले त्यो अधिकारको महसुस गर्न नपाएको नेकपा माओवादीको केन्द्र इलाम सचिवालय सदस्य गन्जु प्रधानले बताए । उनले राजनीतिक दलहरुलाई दलितहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको बताउँदै दलित र भेदभावका सवालमा सचिनु पर्नेमा जोड दिए ।
अधिकारको क्षेत्रमा क्रीयाशिल संघसंगठनहरुको तर्फबाट प्रकाश परियारले जातीय विभेद तथा छुवाछूतको समस्या आफ्नो समुदायको मात्र नभई राज्यको समस्याको रुपमा लिन आवस्यक रहेको बताए । उनले भेदभाव नहटे समतामूलक समाज निर्माण नहुने र समतामूलक समाज नबने समृद्ध नेपाल बन्न सक्दैन भने ।
कार्यक्रममा स्वागत गर्दै मानव अधिकार मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले भेदभाव छुवाछुत सम्बन्धि भएका नीतिलाई कार्यान्वनय गर्ने सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले राजनीतिक दलका व्यक्ति तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनका दलित अधिकारको क्षेत्रमा क्रीयाशिल संघसंगठनहरुको सकारात्मक र अन्तर्क्रीयात्मक हस्तक्षेप गर्न आवश्यक रहेको जोड दिए ।
दिवसले समाज रुपान्तरणमा सहयोग गर्ने जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । समुदाय स्तरमा विभिन्न सचेतनाका कार्यक्रमहरु सन्चालन गरिरहेको समेत जानकारी गराए ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश प्रसाद तिम्सिनाले दलित अधिकारको क्षेत्रमा विभिन्न उपलब्धि रहेको बताउँदै दलित र गैरदलितहरु बीच हुने विभेद न्यूनिकरणमा सरोकारवाला सबै लाग्नु पर्नमा जोड दिए । यसका निम्ति पहुँचमा भएका व्यक्तिहरु सकृय रुपमा लाग्न आवश्यक रहेको जोड दिए ।

235 पटक हेरिएको 














