
आज नोभेम्बर २५ अर्थात अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस । “लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान २०८२” पहिलो दिन । विभिन्न कार्यक्रम गर्दै मनाउँने चलन छ ।
सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls ले अहिलेको समयमा महिलाहरूमाथी हुने डिजिटल हिंशाको विरुद्धमा आवाज उठाउछ । अहिलेको समयमा महिलाहरू भोग्ने डिजिटल हिंशाको उदाहरण पनि नेपाली समाजमा पर्याप्त भेट्न सकिन्छ। सरकारले डिजिटल हिंसा रोक्ने कडा कानुन बनाउनु पर्छ, प्रविधिक कम्पनीहरूले आफ्नो प्लेटफर्म सुरक्षित बनाउनुपर्छ, दातृ निकायहरूले नारीवादी संगठनलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउनुपर्छ। अनि तपाईंहामीले आवाज उठाएर पीडितहरूको साथ दिनु पर्छ । यसै प्रयासले मात्र महिला माथि हुने डिजिटल हिंसा अन्त्य गर्न सकिन्छ।
दिवसको पृष्ठभूमि
अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।
यस हिसाबले यस वर्ष चाहिँ महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो । विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो । हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि । @विभिन्न सञ्चार माध्यमबाट ।

124 पटक हेरिएको 











