
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
विश्व एड्स दिवस २०२५ को नारा ‘Overcoming Disruption, Transforming the AIDS Response’ अर्थात’ अवरोधलाई पार गर्दै, एड्स प्रतिक्रियालाई रूपान्तरण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स-मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गर्दछ।
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ । एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।
एड्स कसरी सर्छ ?: एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । सङ्क्रमित रक्त दान अथवा ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहन्छ ।
अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचारको दायरा बाहिर रहेको एक तथ्यांकले देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचार बाहिर छन् ।
हाल सरकारले नेपालभरका ६४ जिल्लाका एआरटी केन्द्रमा निशुल्क रुपमा उपचार सेवा दिदै आएको डा शर्माले बताए। एड्सका कारण सन् २०२४ मा ५ सय ६९ जनाको मृत्यु भएको छ। नेपाल हाल एचआईभी संक्रमणको हिसाबले केन्द्रिकृत महामारीको अवस्थामा रहेको उनले बताए।
यौनकर्मी, कारागारका कैदीबन्दी तथा सुईंको माध्यमबाट लागु औषधको प्रयोग गर्नेहरुमा भने अझै पनि संक्रमण उच्च रहेको डा शर्माले जानकारी दिए। सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् २०२६ सम्ममा अनुमानित एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान तथा पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने लक्ष्य राखिएको जानकारी डा शर्माले दिए।
विश्वमा एचआईभी र एड्सको अवस्था
विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित फेला परेको थियो। सन् २०२४ को अन्त्यसम्म ९ करोड १४ लाख व्यक्तिहरु एचआईभीबाट संक्रमित भइसकेका छन्। ४ करोड ४१ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ।
सन् २०२४ सम्म कुल संक्रमितमध्ये ७७ प्रतिशत एन्टीरेट्रोभाईरल उपचारमा छन्। विश्वमा हरेक दिन ३६ सय मानिसहरु एचआईभी संक्रमित हुने गर्छन्।
२०३० सम्म महामारी उन्मूलन कसरी सम्भव ?
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्नका लागि ९५–९५ –९५ को नीति लिइएको छ। जस अनुसार ९५ प्रतिशत संक्रमितहरुले आफ्नो संक्रमणको अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरुमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने बताइएको छ।
धेरै बिरामीहरु अझै पनि उपचारको दायरा बाहिर रहेकोले सन् २०३० सम्ममा महामारी उन्मूलनका लागि बिरामीहरुलाई उपचारको पहुँच बाहिर ल्याउन अत्यावश्यक रहेको डा अनुप बास्तोला बताउँछन्। समुदायको सहभागितामा एचआईभीको परीक्षण दर बढाउन आवश्यक रहेको उनले बताए।
उनले भने, ‘जो मानिसहरुलाई परीक्षणका लागि अस्पताल ल्याउन कठिन हुन्छ। त्यस्ता मान्छेहरुलाई समुदायको सहभागितामा परीक्षण गराउन आवश्यक छ।’
परीक्षणका लागि मात्रै नभई उपचारका लागि पनि सामुदायिक सहभागिता एकदमै महत्वपूर्ण भएको उनी बताउँछन्। पछिल्लो समय दातृ निकायको बजेट कटौती भइरहेको अवस्थामा राज्यले एचआईभी नियन्त्रणको क्षेत्रमा बजेट बढाउनुपर्ने डा बास्तोलाको धारणा छ। कटौती भइरहेको बजेटलाई कसरी पूर्ती गर्न सकिन्छ भन्ने विषयलाई सोच्नुपर्ने अवस्था रहेको उनको जिकिर छ।
एड्सका लक्षणहरु
–ज्वरो आउनु
–पखाला लाग्नु
–वजन घट्दै जानु
–कुपोषणका लक्षणहरु देखिनु
–छालाामा विभिन्न समस्या आउनु
–कमजोर महसुस हुनु
संक्रमणको कारण
–असुरक्षित यौन सम्पर्क
–एचआईभी संक्रमित रगत लिँदा
–सुईं तथा सिरिन्जको साझा प्रयोग
कसरी बच्ने ?
–सुरक्षित यौन व्यवहार अपनाउने
–औजार उपकरणहरुको प्रयोग निर्मलीकरण गरेर मात्रै प्रयोग गर्ने
–असुरक्षित यौन सम्पर्क हुँदा कन्डमको प्रयोग अनिवार्य रुपमा गर्ने @बिभिन्न एजेन्सीबाट।

91 पटक हेरिएको 











