इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल


याम माबोहाङ लिम्बू  157 पटक हेरिएको

सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे ।

४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले

४ घण्टा १९ मिनट ३८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । चौथो श्रीकास राई भए उनले ४ घण्टा २५ सेकेण्ड ३३ मिनटमा निर्धारित दुरी पार गरेका थिए ।

१ हजार २ सय २० मिटरको इलाम बजारबाट सुरु भएको म्याराथनमा खुला महिला तर्फ निर्मला राई प्रथम भइन् । उनले ५ घण्टा ४० मिनट ३६ सेकेण्ड निर्धारित सीमा पार गरिन् । ५ घण्टा ४० मिनट ३९ सेकेण्डमा निश्चित दुरी पार गर्दै सुनसरी रोकाय दोस्रो भइन् । महिला तर्फ तेस्रो स्थान कल्पना बुढा भइन । उनले ५ घण्टा ४० मिनट ५७ सेकेण्डमा दुरी पार गरिन । ५ घण्टा ४४ मिनट २७ सेकेण्डमा दुरी पार गर्दै राज्यलक्ष्मी शाक्य चौथो भइन् ।

दीप ज्योति युवा क्लब, पाँचथर/इलामले आयोजना गरेको म्याराथनको खुला पुरुष तथा महिला प्रथम द्वितीय तृतिय र चौथो हुनेले क्रमश एक लाख ५० हजार, एक लाख, तृतियले ५० हजार र सान्त्वाना विजेताले ३० हजार पुरस्कार हात परे ।

म्याराथनको स्थानीय तर्फ बिशाल राई प्रथम भए । उनले ४घण्टा ४३ मिनटमा निर्धारित दुरी पार गरे ।४ घण्टा ४९ मिनट १८ सेकेण्डमा दुरी पार गर्दै राजेन्द्र लिम्बू दोस्रो भए । स्थानीय तर्फ रेमश लिम्बू तेस्रो भए । उनले ४ घण्टा ५३ मिनट ५७ सकेन्डमा निर्धारित दुरी पार गरेका थिए । ५  घण्टा ३६ मिनट १ सेकेण्डमा निश्चित दुरी पार गर्दै टंक आले मगर चौथो भए ।

स्थानीय प्रथम द्वितिय तृतिय र चौथोले क्रमश २५ हजार २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।

पुरस्कार सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, गाउँपालिका उपाध्यक्ष हरी लुङ्गेली मगर लगायत अतिथीहरुले बितरण गरेका थिए ।

लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन म्याराथन सञ्चलन गरेको रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए ।

प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा  म्याराथन भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दुरी ४४ दशमलव २ किलोमिटर निर्धारण गरिएको थियो ।

रेड पाण्डा संरक्षणसँगै पर्यटन प्रवर्द्धन, अनुसन्धान, जीविकोपार्जन र शैक्षिक अभियानलाई समेत यस म्याराथन मार्फत जोड्ने उद्देश्य लिएको प्रतियोगिता सञ्चालन गर्न नेपाली सेना रण शार्दूल गण इलामले प्राविधिक सहयोग गरेको थियो ।

गएको वर्ष ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथनको निरन्तरताका रुपमा यस वर्ष इलाममा प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

दातृ निकायका प्रतिनिधि वाङ्चु भुटियाले खेलमार्फत संरक्षण सन्देश प्रवाह गर्न सकिने र मुदायलाई रेड पाण्डा संरक्षणमा थप जागरुक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार