‘खरानी बनाएर देश बन्दैन’- डा. रावल


याम माबोहाङ लिम्बू  126 पटक हेरिएको

इलाम: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डाक्टर भीम रावलले देशलाई खरानी बनाएर मुलुक नबन्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सभामा बोल्दै देश जलिरहेको बेला हेलिकप्टर चढेर भाग्नेले देशको नतृत्व गर्न नसक्ने दाबी गरे ।

देशलाई खरानी बनाउँने फेरि प्रधानमन्त्री हुन्छु भन्दैछ । भगौडा प्रधानमन्त्रीले के देश बनाउँला भनेर नागरिकलाई प्रश्न गर्दै नेता रावलले देश भक्तिलाई शिरमा राखेर बलियो राष्ट्रीय शक्तिको आवश्यकतालाई पुरा गर्ने राष्ट्रीय अभियानमा सबै नेपालीलाई नेपाली कम्युनिष्ट पार्टीमा लामबद्ध हुन आग्रह गरे ।

‘देशमा भएको शासन प्रशासनमा भएका त्रुटीहरुका कारण देशको जनशक्ति पलायन भईरहेको छ । असमान सन्धी सम्झौताको भारी बोकाएको छ । देश सबै मिलेर बनाउँनु पर्छ । यो देशलाई जेन्जी युवाको जोस र बयास्कहरुको अनुभव दुबै आवश्यक छ ।’ नेता रावलले भने ।

देशको आत्मनिर्णय बिरुद्धको षडयन्त्रलाई जोगाउँदै रावलले कम्तिमा पनि संविधानमा भनिए बमोजिम राष्ट्रीय अर्थतन्त्रको विकास गर्न कम्युनिष्टहरुको एकता भएको बताउदै भने ‘सबै भन्दा पहिले देशलाई बलियो बनाउँनु पर्छ । देशको पहिचान बनाउँनु पर्छ । देशको पहिचान बनाउँन सके मात्र हामी सबैको पहिचानको रक्षा हुन्छ ।’

पूर्व उपप्रधानमन्त्री डाक्टर रावलले भने ‘अहिले नयाँ र पुरानाको विषय होइन् । पार्टी खोल्न पाइन्छ । देश र जनताको सवाल हो । राष्ट्र र राष्ट्रीयताको सुरक्षाको विषय हो । सबै नागरिकको हित हो । देश सबै मिलेर बनाउँनु पर्छ । यो देशलाई जेन्जी युवाको जोस र बयास्कहरुको अनुभव दुबै आवश्यक छ । तर जनताको बहुदलीय जनवादबाट सम्भव भएन जबज त रुद्राक्षको माला जप्ने मन्त्र मात्रै भयो । व्यवहारमा देखिएन । न्याय बोल्नुपर्छ । जनताको पक्षमा बोल्नु पर्छ ।’

‘देशको संस्कृतिक पहिचानले नरम रुपमा देशको रक्षा गर्छ । एक्ला एक्लै देशको रक्षा गर्न सक्दैनौ राज्यको जन चाहिन्छ राज्यको धन चाहिन्छ । त्यसैले हामी सबै मिलेर मात्र देश बनाउँन सक्छौं ।  एकताबद्ध भएर मात्र देश बनाउँन सक्छौं भन्दै रावलले राष्ट्रीय हितलाई सर्वोपरी ठान्ने अभियानमा जुटेका छौं । यसमा तपाईहरुको साथ चाहिन्छ । त्यस कारण देशको हितको काम गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीमा लामबद्ध हुन आग्रह गरे ।

देशको नतृत्व गर्नेले देशको आवश्यकता भन्दा पनि देशमा व्यक्तिगत आवश्यकता पुरा गर्न जनमतलाई उपयोग गरेर देशलाई बरबाद बनाएर जसले देशको जनमतलाई कुल्चिए । जनभावनामा खेल्नेलाई अब फेरि देशको नेतृत्व दिने कि नदिने तपाईको हातमा भएको भन्दै नेता भीम रावलले देश बनाउँने नाममा कुनै पनि कुराको भ्रममा नपर्न समेत आग्रह गरे ।

‘निर्वाचन स्वातन्त्र निश्पक्ष र भय रहित वातावरणमा हुनुपर्छ ।’ रावलले भने ‘के को खरानीबाट उठ्ने कुरा, खरानी बनाउँ र खरानी घसौं भन्नुहोस, भदौ जेन्जी आन्दोलनको घटनाले समेत चेत नखुलेको नेताको। चेत खुलाउँने काम अब तपाईहरुको हो निर्वाचन मार्फत पूर्ण रुपमा चेत खुलाउँन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार