
इलाम: राष्ट्रीय स्वाधिनता र समाजवादका पक्षमा लामबद्ध हुन नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभाको आयोजना गरेको बताए ।
उनीहरुले इलामको एकता सभामा बोल्दै देशको आवश्यकतालाई सम्बोधन गर्न बाम गठबन्धन भएको जानकारी गराए ।
सन्देश सभामा बोल्दै पूर्व उपप्रधान तगा गृहमन्त्री डाक्टर भीम रावलले भगौडा प्रधानमन्त्रीले के देश बनाउँला भनेर नागरिकलाई प्रश्न गर्दै देशभक्तिलाई शिरमा राखेर बलियो राष्ट्रीय शक्तिको आवश्यकतालाई पुरा गर्ने राष्ट्रीय अभियानमा सबै नेपालीलाई नेपाली कम्युनिष्ट पार्टीमा लामबद्ध हुन आग्रह गरे ।
उनले देश सबै मिलेर बनाउँनु पर्छ । यो देशलाई जेन्जी युवाको जोस र बयास्कहरुको अनुभव दुबै आवश्यक छ । संविधानमा भनिए बमोजिम राष्ट्रीय अर्थतन्त्रको विकास गर्न कम्युनिष्टहरुको एकता भएको बताउदै भने ‘सबै भन्दा पहिले देशलाई बलियो बनाउँनु पर्छ । देशको पहिचान बनाउँनु पर्छ । देशको पहिचान बनाउँन सके मात्र हामी सबैको पहिचानको रक्षा हुन्छ ।’
पूर्व संघीय कृषि मन्त्री हरिबोल गजुरेलले भराजनीतिक जटिलतबाट जोगिन स्वाधिनता नै समाजबाद भएकोले एकताको बलियो सन्देश दिन सभाको आयोजना गरेको बताए ।
पूर्व प्रदेश मुख्य मन्त्री राजेन्द्र राईले विकासको प्रतिफल केही मान्छेको हात मात्रै पुगेकोले हामी सबैको विकासका गर्ज समाजवादको आवश्यकता पुरा गर्न नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश आवश्यक रहेको बताए ।
नेता राईले वश्व शान्तका लागि भएपनि समाजवाद आवश्यक भएको बताउँदै समाजवाद कमजोर भए देशले बाहिरी हस्तक्षेप सामना गर्नु पर्ने बताउँदै यसका लागि राज्य जनपक्षीय हुनुपर्नेमा जोड दिए ।
पूर्व प्रदेश अर्थ मन्त्री इन्द्र आङ्बोले नागरिकको आर्थिक जीवन स्तरको बिकास नै समाजवाद भएकोले यसको संस्थागत विकास गर्न कम्युनिष्ट एकता अहिले आवश्यकतामा जोड दिए ।
सू्र्योदय नगरपालिकाका प्रमुख तथा नेता रणबहादुर राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा भक्त केसीले स्वागत गरेको कार्यक्रममा वाइसिएल प्रतिनीधि बिक्रम लिम्बू लगायतले बोलेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट नागरिकहरुको सहभागिता रहेको थियो ।
नेता आङ्बोले मुलुकलाई आत्मनिर्भर बनाउन योजनाबद्ध काम गर्नपर्छ । यसका लागि गुणस्तरीय शिक्षा दक्ष जनशक्तिको निर्माणमा सरकारले काम गर्नु पर्ने बताए ।

142 पटक हेरिएको 











