मोटरसाइकल चोरीको गरेको आरोपमा देउमाईबाट दुई जना पक्राउ


सेवारो खबर  37 पटक हेरिएको

इलाम: मोटर साइकल चोरी गरेको आरोपमा देउमाई नगरपालिका मंगलबारेबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला, झापा गाउँपालिका–२ कुमरखोत निवासी वर्ष २० का संजित मण्डल र भारत, बिहार राज्यको अररिया निवासी वर्ष २० का मोहमद समिर शेख रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनिहरुलाई देउमाई नगरपालिका–४ मंगलबारेस्थित बासुदेव कट्टेलको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।  मण्डल र शेख कट्टेलको घरमा कोठा भाडामा बसी पाथीभरा ग्यारेजमा काम गर्ने गर्दै आएको बताइएको छ ।

जिल्ला इलाम देउमाई नगरपालिका-७ निवासी दावा तामाङको नाममा दर्ता रहेको बा.प्र.०३-००५ प ७०६७ नम्बरको मोटरसाइकल गएको पुस १९ गते इलाम नगरपालिका-१२ स्थित सटके मेलाबाट हराएको थियो । प्र

हरीले मोटरसाइकल खोजतलास गर्दा उनिहरु बस्दै आएको देउमाई नगरपालिका–४मंगलबारेस्थित बासुदेव कट्टेलको घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मोटरसाइकल फेला परेको आधारमा उनीहरू बसिरहेको कोठाबाटै पुस २० गते प्रहरी नियन्त्रणमा लिइएको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार