नृत्य प्रतियोगितामा चार पुरस्कृत


सेवारो खबर  560 पटक हेरिएको

इलाम-माई नगरपालिकाकाे कन्काई माध्यमिक विध्यालमा नृत्य प्रतियोगिता भएकाे छ । समाबेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा भएको प्रेतियोगिता विजेता प्रथम द्धितीय र तृतियलाई पुरस्कृत गरिएकाे छ ।
प्रतियोगितामा सहभागी मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्धितिय, निर्जला दर्जी, सन्ध्या राई तृतिय र रितु मगरले सान्त्वना हात पारेका छन् । उनिहरुलाई  क्रमश नगद २ हजार, एक हजार ५ सय, एक हजार र पाँच–पाँच सय प्रदान गरिएको थियो ।
माई नगरपालिका हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाका १५ जना बालबालिका सहभागी कार्यक्रममा करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छबि श्रेष्ठ, समुदाय संयोजक विमल दहाल, शिक्षक मित्र प्रसाद गौतम, ख्याम लिम्बु, सिबिआरएफहरु चन्द्रकला खड्का, मीना कुमारी जबेगु, माया लिम्बु उपस्थीित रहेको थियो ।
बाल क्लवका अध्यक्ष आसीका घिमिरेको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रधानाध्यापक हरीप्रसाद पौड्यालको प्रमुख अथित्यता सम्पन्न भएकाे छ । कार्यक्रममा फरक क्षमता भएका २ जना बाल–बालिकाले उत्कृष्ठ प्रस्तुती गरेका थिए । प्रतियोगिताको संयोजन संरक्षक शिक्षक भरत भण्डारीले गरेकाे बाल क्लब सचिव सुदिप राईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार