किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक


सेवारो खबर  360 पटक हेरिएको

काठमाण्डौ: किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । युनिक कोड सार्वजनिक भएपछि लिपी युनिक कोडमा टाइप गर्न सहज भएको छ ।

किरात याक्थुङ चुम्लुङ नेपाल र चुम्लुङ दक्षिण कोरियाको संयुक्त आयोजनामा शुक्रबार युनिक कोड सार्वजनिक गर्दै सबैले यसलाई व्यवहारिक प्रयोगमा ल्याउन आव्हान गरे ।

युनिक कोड सार्वजनिक गर्दै पूर्व कुलपति बैरागी काइलाले लिम्बू भाषाको विकासको काममा सबैलाई आग्रह गरे ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा युनिक कोड निर्माता प्राविधिक पवन चित्रकारले यसको प्रयोगका विषयमा जानकारी गराएका थिए ।

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङभा लिम्बुले सार्वजनिक कार्यक्रममा स्वागत गर्दै लिपी र भाषालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँनु पर्नेमा जोड दिए ।

युनिक कोड निर्माण गर्न कियाचु दक्षिण कोरियाले आर्थिक संकलन थालेर २७ लाख ६ हजार सहयोग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । उनका अनुसार चुम्लुङले भाषा सम्बन्धि काम गर्न २० लाख अक्षयकोष संकलन गरेको छ ।

कार्यक्रममा प्रज्ञा अमर तुम्याहाङ डिबी आङबुङ लगायत भाषा तथा लिपी अभियन्ता सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार