
इलाम: लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियनको सन्दर्भमा संविधान र कानुनी व्यवस्था तथा यसको प्रभावकारी कार्यनयनमा सरोकारवालाको भूमिका विषायक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
मानव अधिकार एलायन्स, गैर सरकारी संस्था, उच्छ बार एसोसिएसन,ओसिएमसी जिल्ला अस्पताल र मानव अधिकार मञ्चको आयोजना भएको छलफलमा हिंसाका विरुद्ध सबैलाई एकजुट हुन आग्रह समेत गरे ।
छलफलमा नेकपा एमालेका उपाध्यक्ष उदय राईले पछिल्लो समयमा हिंसाको रुप परिवर्तन हुँदै गैरहेको बताउदै सचेत हुनुपर्नेमा जोड दिए । उनले राजनितिक रुपमा हुने हिँसातर्फ पनि ध्यान दिन आवश्यक रहेको भन्दै महिलाको अधिकारको क्षेत्रमा आफ्नो पार्टी संवेदनशील भएर लागेको समेत जानकारी गराए ।
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य गन्जु प्रधानले कानुनमा राज्यको उदासिनता फितलो कार्यनयनले हिंसालाई प्रस्रय दिईरहेको बताए । प्रधानले अब सम्बन्धित सरोकारवालाहरुले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै आफ्नो पार्टिले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।

जिल्ला समन्वय समिती प्रमुख जयप्रकाश राईले जिल्लामा हिंसाको गतिविधि धेरै हुने गरे पनि बाहिर नआउनु प्रमुख समस्या रहेको बताउँदै जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ भने । उनले एकल महिला सुरक्षा कोष लागि तत्काल कदम चाल्ने समेत बताए ।
उच्च बार एसोसिएसनका उपाध्यक्ष लो बहादुर तामङ्ले लैङ्गिक हिंसा समाजमा भइरहे पनि बाहिर सोचे जस्तो नआएको बताए । उनले यस तर्फ सरोकारवाला निकायले नियाल्न जरुरी रहेकोमा जोड दए ।
मानव अधिकारका लागि महिला एकल महिलाका अध्यक्ष दिपा आचार्यले पछिल्लो समय इलाममा एकल महिला सुरक्षा कोष हराएकोले खोजिदिन जिल्ला समन्वय समितिलाइ आग्रह गरिन् ।
मानव अधिकार मन्च इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धि प्रसाद घिमिरे स्मृति प्रतिष्ठानको संरक्षक टीका घिमिरेले आफुलाई हुने हिंसाको कुरा राख्न नसक्दा यौन दुर्व्यवहार खेप्नु परिरहेको अवस्था रहेको बताउँदै हिंसा न्यूनीकरणमा आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिइन् ।
नगर महिला समन्वय समितिका पुष्पा रिजालले अब हिंसा सम्बन्धि कानुनी कुराहरु मात्र जानकारी गराएर नपुग्ने भएकाले सिपमुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईन् ।
सरकारी संस्था महासंघका अध्यक्ष भत्त थामीले स्वागत गरेको कार्यक्रममा उच्च बारएसोसिएसनका अध्यक्ष विद्या सापकोटाले संविधान र कानुनी व्यवस्था तथा त्यसको प्रभावकारी कार्यान्यवनमा सरोकारवालाको भूमिका विषयको छलफल पत्र प्रस्तुत गरिन् ।
यस्तै इलाम अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीले दिने सेवाको बारेमा अस्पतालका सबिना श्रेष्ठले जानकारी गराइन् ।
मानव अधिकार मञ्चले यस क्षेत्रमा गरिरहेको कामको बारेमा कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी गराएको कार्यक्रम गायत्री थेगिमले सञ्चलान गरिन् ।

212 पटक हेरिएको 














