
इलाम: कृष्ण राईलाई अध्यक्ष बनाउँदै घरेलु तथा साना उद्योग महासंघ इलामको सातौ अधिवेसन सम्पन्न भएको छ ।
१५ सदस्यीय कार्य कार्य समितिको वरिष्ठ उपाध्यक्ष उमादेवी श्रेष्ठ, दुई उपाध्यक्षमा दिनेश श्रेष्ठ र सकुन्तला राई चयन भएका छन् ।
महासचिव मंगेश खत्री, सचिव घनेन्द्र मुखिया र कोषाध्यक्ष जितेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
कार्य समितिको छ जना सदस्यमा लीलादेवी भट्टराई, कमला प्रधान, रमिला राई, रोशन राई शिवकुमार कार्की र गीता शिवा रहेका छन् ।
महासंघको केन्द्रीय प्रतिनीधिमा दिनेश श्रेष्ठ, देवकुमारी लिम्बू र कमला बास्कोटा रहेका छन् ।
महिला उद्यमी ईकाइ
अधिवेसनले महिला उद्यमी ईकाइ समेत गठन गरेको छ । ११ सदस्यीय महिला उद्यमी ईकाइको अध्यक्ष सकुन्तला राई निर्वाचित भएकी छिन ।
ईकाइको उपाध्यक्ष सर्मिला निरौला, महासचिव बुद्दमाया सोङ्मी, सचिव स्वस्तिका श्रेष्ठ र कोषाध्यक्ष मनकुमारी राई छनौट भएकी छिन ।
सदस्यहरुमा सोनाली राई, सृष्टि लिम्बू, टिकामाया कार्की, लाक्पा देवी सेर्पा, ज्योतिमाला प्रधान र नेत्रकुमारी फ्याक रहेका छन् ।

122 पटक हेरिएको 














