
इलाम: राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) इलामको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चुनेकोन्छ ।
अधिवेशनले शारदा उप्रेती पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रेनुका फागो , सचिवमा अतित योङहाङ, कोषाध्यक्षमा रन्जु थामी, र सदस्यहरुमा टिंकु भट्टराई , सानू दास, भुप्रसाद लिम्बू, नरेन प्रवास देवान, र नेत्रप्रसाद लुईटेल चयन भएका छन।

मानव अधिकार एलायन्सको केन्द्रिय उपाध्यक्ष देवेन्द्र विश्वकर्माको प्रमुख आथित्य्ता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, नेकपा एमालेको सचिव रमेश राई, गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी गैरसरकारी संस्था महासंघका अध्यक्ष भत्त थामी, पत्रकार महासंघका अध्यक्ष भिम चापागाईं, आदिवासी विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संगसंस्थाका प्रतिनिधि, इन्सेक प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

118 पटक हेरिएको 














