राष्ट्रिय दल बन्न चाहिने न्यूनतम मतको प्रतिशत ‘थ्रेशहोल्ड’ सीमा बढाउने तयारी


सेवारो खबर  114 पटक हेरिएको

काठमाण्डौं: संसद्‍मा पेस हुने तयारीमा रहेको भनिएको एउटा विधेयकमा समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय दल बन्न चाहिने न्यूनतम मतको प्रतिशत (‘थ्रेश्होल्ड’) सीमा बढाउने तयारी देखिएपछि मधेश केन्द्रित साना दल आक्रोशित बनेका छन् ।

खास गरी तराई केन्द्रित दलहरूले त्यसो गरिएमा एकताबद्ध भएर सङ्घर्षमा जाने चेतावनी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले थ्रेश होल्डको व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ ।

हाल राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ तीन प्रतिशत ‘थ्रेशहोल्ड’ चाहिन्छ । प्रदेशका हकमा भने त्यो १.५ प्रतिशत छ ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा १ सीट जित्‍ने राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन् ।

निर्वाचन आयोगकी प्रवक्ताले गृह मन्त्रालयमा आफूहरूले पठाएको विवरणमा ‘थ्रेशहोल्ड’ यथास्थितिमै रहे पनि अन्तिम अवस्थामा त्यो अगाडि बढेको बताइन् ।

“मन्त्रालयबाट अगाडि बढ्ने क्रममा त्यो बढ्यो भन्ने जानकारी आएको छ,” प्रवक्ता नीता पोखरेल अर्यालले बीबीसीसँग भनिन् ।

राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था संशोधनका लागि त्यस्तो फेरबदल गर्ने सरकारी तयारी छ ।

सातवटा विभिन्न कानुनलाई संशोधन गर्नेगरी निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापन विधेयक’ को मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो ।

संशोधित मस्यौदामा अब सङ्घ र प्रदेशमा सदर मतको क्रमश: पाँच र तीन प्रतिशत राखिएको सत्तापक्षीय नेताहरूले सार्वजनिक रूपमा बताएका छन् ।@bbc.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार