माङसेबुङमा भएको स्वास्थ्य शिविरमा ९९ जनाले स्वाथ्य परीक्षण गरे


सेवारो खबर  196 पटक हेरिएको

माङसेबुङ: इलामको माङसेबुङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९९ जनाले स्वाथ्य परीक्षण गरेका छन् ।

क्यानसर तथा गुप्त रोग सम्बन्धि शिविरमा गाइनो, पाइल्स, फिस्टुला, भिआइए लगायतका स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडले माङसेबुङ ५, भालुटारमा सञ्चलान गरेको शिविरमा ४२ जनाले पाठेघर र मुखको क्यान्सर भिआइए परीक्षण गरे ।

५४ जनाले औषधि, ४५ जनाले ल्याब परीक्षण र ५ जनाले आङ खस्ने रिङ प्रेसरी सेवा लिएको व्यवस्थापक सेर्माले जानकारी गराए ।

शिविरमा जेनेरल सर्जन एमबिबिएस एमएस डाक्टर प्रदिप यादव र महिला रोग विशेषज्ञ एमबिबिएस एमडी डाक्टर विद्या पोखरेल लगायत स्वास्थ्यकर्मीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार