मुकुम्लुङ क्षेत्रमा भएको घटनाको ध्यानाकर्षण भएको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह  


सेवारो खबर  266 पटक हेरिएको

इलाम: मानव अधिकार आयोग र प्रतिष्ठानले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा भएको घटनाको ध्यानाकर्षण भएको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

मानव अधिकार आयोगले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै आयोगले अनुगमन, वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।

‘विकास निर्माणको क्रममा आउन सक्ने यस प्रकारको असहमति र विवादको समयमै पहिचान र सम्बोधन गर्न । विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न । एक आपसमा देखिएका विवाद र असहमिलाई सार्थक वार्ता र संवादको माध्यमबाट समाधान गर्न नेपाल सरकार लगायत समबन्धित पक्षलाई आग्रह गर्दछ’, आयोगको प्रवक्ता डाक्टर टीकाराम पोखरेलले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा माग गरिएको छ ।

‘झडपको क्रममा घाइते व्यक्तिहरुको निशुल्क र प्रभावकारी स्वाथ्योपचारको व्यवस्था गर्न । र प्रर्दशनलाई शान्तपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई आग्रह समेत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकासको अधिकारसँगै नागरिकको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय अधिकारको संरक्षण र संवर्द्धनको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ । राज्य यसप्रति संवेदनशिल हुनु पर्छ । आदिवासी जनजाति रहेको कुनैपनि क्षेत्रमा विकास निर्माणको कार्य गर्दा सो समुदायबाट अग्रिम जानकारी सहितको स्वतन्त्र सुसूचित सहमति लिनुपर्ने भन्ने आदिवासी जनजातिको अधिकार सम्बन्धी आइएलओ महासन्धि १६९ तथा संयुक्त राष्ट्रसंघीय आदिवासी जनजातिको अधिकार सम्बन्धि घोषणा पत्र २००७ मा व्यवस्था गरेको छ ।’

‘स्थानीय आदिवासी समुदायले पाथीभरा क्षेत्र स्थानीय लिम्बू याक्थुङ समुदायको सांस्कृतिक एंव आध्यात्मिक विकासको केन्द्र रहेको हुँदा यसको ऐतिहासिक नाम मुक्कुमलुङ नै राख्नु पर्ने । केबुलकार निर्माण कार्य बन्द गर्नु पर्ने । विकास निर्माणको कार्य गर्दा आदिवासी समुदायबाट अग्रिम जानकारी सहितको स्वतन्त्र सूसुचित सहमति लिनुपर्ने जस्ता माग सहित आयोगलाई ज्ञापन पत्र समेत पेश गरेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय मानब अधिकार प्रतिष्ठानले पाथीभरामा भएको घटनाका बारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानले आइतबार नै विज्ञप्ती जारी गर्दै तत्काल आन्दोलनरत पक्षसँग संबवद गरी समस्याको समाधान खोज्न पनि प्रतिष्ठानले सरकार संग माग गरेको छ ।

आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल र महासचिब घमान तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शनिबार ‘नो केबलकार पक्ष’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरी सहित २४ जना घाईते भएका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गोली लागेका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।

तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि शनिबार नै थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको थियो तर त्यहाँ पनि उपचार सम्भब नभएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत  काठमाण्डौँ लगिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार