
इलाम: जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित ८ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले आउँदो मंसिर २७ गते साहित्य, संस्कृति र कलाका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई ३ लाख २१ हजार ९ सय ४८ नगद सहित ८ जनालाई सम्मान गर्न लागेको जनाएको छ ।
यसबर्षदेखि थप गरेको ५१ हजार एक सय एक राशीको स्वर्गिय विनोद बस्नेत स्मृति पुरस्कार गायक कुबेर राई प्रदान गर्ने प्रतिष्ठानका सचिव बिमल बैंधले जनाएका छन् । उनका अनुसार अर्को बर्ष देखि यो पुरस्कारलाई राष्ट्रियव्यापी बनाइनेछ ।
भारत दार्जिलिङका बरिष्ठ संगितकार बसन्त क्षेत्रीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पूर्णटुङ्ग आर्दश नागरिक सम्मान नगद ७७ हजार ७ सय ७७ सहित कुल बहादुर गुरुङ, गजराज खम्बा सिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान नगद ५१ हजार एक सय एक सहित खगेन्द्र प्रसाद ढकालले पाउँने भएका छन् ।
प्रतिष्ठनले जगत बहादुर लिलादेवी देवकुमारी शिक्षक सम्मान नगद ३३ हजार ३ सय ३३ले उमाराम प्रसाई, भृकुटी शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान नगद ३३ हजार३ सय ३३ सहित चन्द्रकला राईलाई दिने भएको छ ।
यस्तै उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान नगद ५० हजार एक सय एकले एक टेकप्रसाद खनाल, रामहरी नारायण प्रसाद शिक्षा सम्मान नगद १५ हजार एक सय एकले छत्र तामाङ र मधुजनक उत्कृष्ट विद्यार्थी सम्मान नगद १० हजार एक सय एकसहित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी समिक्स राउत प्रदान गरिने जनाइएको छ ।
सम्मानित सबैले सम्मान पत्र सहित नगद पुरस्कार पाउँनेछन् ।


315 पटक हेरिएको 











