मानव अधिकार मञ्च नेपालको १२ औं मानव अधिकार तथा शान्ति पुरस्कार श्रेष्ठलाई प्रदान


सेवारो खबर  176 पटक हेरिएको

इलाम: मानव अधिकार मञ्च नेपाल इलामको १२ औं मानव अधिकार तथा शान्ति पुरस्कार सूर्योदय नगरपालिका ११ की अनिता श्रेष्ठलाई दिएको छ ।

७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा बुधबार मञ्चले नगद १० हजार प्रमाण पत्र सहित हस्तान्तरण गरेको जनाइएको छ ।

यस अघिको मानव अधिकार पत्रकारिता पुरस्कार सञ्चारकर्मीलाई बितरण गर्दै अएकोमा यो वर्षदेखि मानव अधिकार तथा शान्ति पुरस्कार नाम परिवर्तन गर्दै पहिलो पटक श्रेष्ठलाई प्रदान गरेको हो ।

श्रेष्ठ सूर्योदय नगरपालिका ११ आइतबारेमा रहेर द्वन्द व्यवस्थापनमा मेलमिलापको क्षेत्रमा गरेको योगदानको कदर गर्दै पुरस्कार दिइएको मञ्चले जनाएको छ ।

श्रेष्ठले मानव अधिकारको संरक्षण सम्बर्धनमा २०६० सालदेखि मानव अधिकार मेलमिलाप समितितमा कृयाशिल रहेर मानव अधिकार महिला अधिकार आदिवासी जनजाति अधिकारका लागि पैरवी मेलमिलाप मार्फत दिगो शान्तिको स्थापना र प्रवर्धनमा सहयोग गर्दै स्थानीय समुदायमा वपन्न तथा पछाडि पारिएका समुदायको न्यायमा पहुँच पुर्याउँने महत्वपूर्ण योगदान पुर्याउँदै पहुँच बिहिन नागरिकहरुको भरोसाको केन्द्र बनेकी सम्मान पत्रमा उल्लेख छ ।

पत्रकारिता पुरस्कारको नाममा मोरङ बिराटनगरका यज्ञ शर्मा,  झापाका चन्द्र भण्डारी, इलामका सटेन्द्र जबेगु, ताप्लेजुङका आनन्द गौतम, इलामकी कोकिला ढकालले पाइसकेका छन् । यस्तै दमन राई खोटाङ भीम बास्कोटा पाँचथर पर्वत पोर्तेल झापा भीम चापागाई इलाम हरि लम्जेल धनकुटा गणेश लम्साल मोरङले पाइसकेका छन् ।

पुरस्कारको दायरा फरक बनाउँदै सबै खालको व्यक्तित्वको योगदानलाई परस्कृत गर्न सकिने गरी यस पटक भने पुरस्कारको नाम परिवर्तन गरिएको मानव अधिकार मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार