सूर्योदय ८ का  एक सय ८० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, २० जनालाई सम्मान


सेवारो खबर  57 पटक हेरिएको

इलाम: सूर्योदय नगरपालिका ८ मा बिहिबार ज्येष्ठ नागरिक सम्मान तथा आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ।
जगदीश्वर महादेव मन्दिर, शान्तिचोकमा भएको कार्यक्रममा वडा  एक सय ८० जना ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गरे । सोही अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव धिरेन खवासले जानकारी दिएका छन् ।
कार्यक्रममा कार्यबाहक नगरप्रमुख दुर्गा कुमार बरालले ज्येष्ठ नागरिक समाजका अभिभावक भएकाले उहाँहरूको अनुभव सुन्नु, सम्मान गर्नु र खुसी राख्नु सामजिक दायित्व रहेको बताए ।
वडाध्यक्ष जंग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक समितिका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थितिमा कार्याक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा  ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र सामाजिक सहभागितालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम वडाले निरन्तर सञ्चालन गर्ने वडाध्यक्ष गुरुङले बताए ।
प्रत्येक महिनाको १५ गते जगदीश्वर महादेव मन्दिरमै ज्येष्ठ नागरिक भेला भई भलाकुसारी गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको बताइएको छ । कार्यक्रम शान्ति टोल विकास संस्था र डमसिङ ल्याङ ज्येष्ठ नागरिक समितिको आयोजनामा हुँदै आएको वडा सचिव खवासले जानकारी दिए ।
वडाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ज्येष्ठ नागरिक लक्षित ज्येष्ठ नागरिक सम्मान तथा आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार