इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २को प्रारम्भिक मत परिणाम सार्वजनिक


याम माबोहाङ लिम्बू  69 पटक हेरिएको


इलाम: जारी इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को चुलाचुली वडा नम्बर ६ को मत परिणाम सकिएको छ । वडा नम्बर ५ र ४ को मत गणना जारी रहेको छ ।

मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ अग्र स्थानमा छन् । यस्तै दोस्रोमा श्रम संस्कृति पार्टी  सुदिप राई र तेस्रोमा नेपाली कांग्रेसका भेषराज आचार्य  रहेका छन् ।

मत गणना केन्द्रबाट पहिलो पटक घोषणा भएको मत परिणाम अनुसार ‌नेपाली कम्युनिष्ट पार्टीका ‌ओमबहादुर गुरुङले (तारा) ५१ मत, नेकपा एमालेका सुहाङ नेम्बाङले (सुर्य) ४९१, नेपाली कांग्रेसका भेषराज आचार्य (रुख) २१०, राष्ट्रीय स्वतन्त्र पार्टी गोकुलबहादुर राई (घण्टी) १७१, श्रम संस्कृति पार्टी सुदिप राई (माटो) ४४३, राष्ट्री परिवर्तन पार्टी दिवस राई (बाँसुरी) ९४, बलबहादुर आङ्देम्बे (जाँतो) ३, राष्ट्रीय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश प्रसाद दुलालले  (हलो )४, होम खतिवढा (गुलावको फूल) ०, श्यामबहादुर लिम्बू (भाले) ०१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिं लिङदेन लिम्बू (दापसहितको खुकुरी) ०, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाहाम्फेले (हात मिलाएको) १८ मत, नेपाल जनमुक्ति पार्टीका यामबहादुर योङहाङ, (घर) ० र स्वतन्त्र डाक प्रसाद गौतम (मुडा) ले एक मत प्राप्त गरेका छन् ।

१ हजार ५ सय ९८ गणना भईसकेकोमा ११० मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार