
इलाम: पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ अगाडि देखिएका छन् ।
इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । इलाम १ मा श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ र इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ अघि देखिएका छन् ।
जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राईलाई २ मतले श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ अगाडि देखिएका छन् । राईले १७१७ र नेम्बाङले १७२० मत छ ।
राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले १६४४ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा १००० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीका बिमल गदाल छन् ।
७८०९ मत गणना गरिएकोमा ५५१ मत बदर भएको छ ।

इलाम २
इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ अगाडि बढेका छन् । नेम्बाङ श्रम संस्कृती पार्टीका सुदिपसँग १ हजार ८ सय ३६ मतले अघि छन् ।
नेम्बाङले ८ हजार २ सय ८० मत ल्याएका छन् भने राईले ६ हजार ४ सय ४४ मत पाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको मणना सकिएको छ । अहिले माङ्सेबुङ वडा नम्बर १ र २ को मत गणना जारी छ ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका भेषराज आचार्यले ४ हजार ३ सय ४६ मतले पछ्याई रहेका छन् । चौथो स्थानमा राष्ट्रीय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले २ हजार २ सय २४ मत छ ।


89 पटक हेरिएको 














