
इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ ।
गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका सूूचना अधिकारी प्रहरी निरिक्षक विपन विश्वकर्माले जानकारी गराए ।
प्रहरी टोलीले ४ दिनपछि स्थानीयको सहयोगमा ओडारमा लुुकेर बसेको अवस्थामा फेला पारी परिवारलाई बुुझाएको जनाइएको छ ।

342 पटक हेरिएको 














