५९ औं बालदिवसको अवसरमा जीतपुर माविमा हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न

प्रतियोगितामा जीतपुर मावि प्रथम


सेवारो खबर  447 पटक हेरिएको

देउमाईः देउमाई नगरपालिका ९ जीतपुर माध्यमिक विद्यालयमा ५९ औं बालदिवसको अवसरमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको सिर्जनशिल बाल क्लबको आयोजनामा वडाको आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नाराका साथ सम्पन्न प्रतियोगितामा वडाका सात विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जीतपुर माध्यमिक विद्यालय, त्रिभूवन आधारभूत विद्यालय, देउमाई आधारभूत विद्यालय, गजुरमुखी आधारभूत विद्याल, सिद्धदेवी आधारभूत विद्यालय, इलाम दत्तत्रय अंग्रेजी स्कुल, सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुलले सहभागिता जनाएको थियो ।

जीतपुर माध्यमिक विद्यालयको सहयोगमा भएको प्रतियोगितामा जीतपुर माध्यमिक विद्यालय प्रथम, इलाम दतात्रय अंग्रेजी विद्यालय द्वितिय, सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुल त्रितीय भई पुरस्कार हात परेको सहयक प्रधानाध्यापक एकदेव भट्टराईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार