
इलामः चलचित्र पत्रकार संघ इलाम तर्दथ समिति गठन भएको छ । अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको बताइएको छ ।
समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् ।

समितिका सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शंकर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।
तदर्थ समितिले तीन सदस्यीय प्रदेश प्रतिनीधि समेत छनौट गरेको छ । यसमा सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) लाई सिफारिस गरेको जनाइएको छ । समितिले पाँच सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ ।
सल्लाहकार समितिमा सटेन्द्र जबेगु, बिप्लभ भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।
संघको ११ औं शाखा स्थापना गर्न सघीय अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेरराज गिरी, महासचिव रघुनाथ सापकोटा, सदस्य कुमार आचार्यको उपस्थिती रहेको थियो ।
प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुगम संकल्प, नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाई, प्रेस युनियनकी सुनिता मगर, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस चौतारीका योगेन्द्र शंकर, प्रेस संगठन नेपालका सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासघ इलामका उपाध्यक्ष याम माबोहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

1725 पटक हेरिएको 





