कियाचु लिम्बुवान प्रदेश अधिवेशन आउँदो माघ २९ र ३० गते मोरङको पथरीशनिश्चरेमा हुँने


सेवारो खबर  352 पटक हेरिएको

पथरीशनिश्चरे: किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन आउँदो माघ २९ र ३० गते हुँने भएको छ ।

अधिवेसन मोरङको पथरीशनिश्चरेमा रहेको सिरिजंगा धार्मिक वन चुम्लुङहिममा हुने जनाइएको छ ।

शनिबार पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।

प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसको बैठकले माघ २९ र ३० गते दुईदिने अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेसन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ ।

विन्द्र नाल्बोको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । समितका सदस्यमा दिलु लिङदेन लावती, कविन्द्र सेर्मा, दिलु सुब्बा र गीता खजुम रहेका छन् ।

नरेन्द्रराज केरुङको संयोजकत्वमा प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति बनाएको छ । यसको सदस्यमा मौसम माखिम र प्रेम तुम्बाहाङ रहेका छन् ।

प्रचारप्रसार समितिको संयोजकमा दिल कुमार लावती रहेका छन् । सदस्यमा सन्देश सुब्बा सेन्लप र अर्जुन लिम्बु रहेका छन् ।

खाना तथा आवास व्यवस्थापनमा कियाचु मोरङ जिल्ला अध्यक्ष डिबी कुरुम्बाङ, उपाध्यक्ष कुलबहादुर हाङस्रोङ र पथरीशनिश्चरे अध्यक्ष विक्रम पङयाङगो रहेका छन् ।

केलाङ नृत्य तथा विभिन्न जातीय झाँकी व्यवस्थापनका लागि अर्जुन लिम्बुको संयोजकत्वमा डम्बर कुरुम्बाङ र विक्रम पङयाङगु सदस्य रहेका छन् ।

कलाकार गायक तथा गायिका व्यवस्थानमा जितेन पन्धाक, मनकुमारी पन्धाक र सन्देश निङलेकुलाई जिम्मेवारी दिइएको छ ।

करिब चार लाख खर्च अनुमान गरिएको प्रदेश चुम्लुङलाई योगदान पुर्याउँने समितिलाई धन्यवादपत्र प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश अधिवेशन अघि प्रदेशस्थित सबै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने मुख्यसचिव नरेन्द्रराज केरुङ्ले बताए । उनले हालसम्म पाँचथर, झापा र संखुवासभाको जिल्ला अधिवेशन भईसकेको र अन्य जिल्लाहरुमा पनि माघको २७ गतेभित्र सम्पन्न गरिसक्ने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार