
बजार बन्द गराउँदै हिडेको अवस्थामा ५२ वर्षीय मादेनलाई फुङलिङको कोप्चेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादेन ‘नो केबलकार समूह’ का अगुवा कार्यकर्ता हुन ।
गएको माघ १२ गतेको घटनापछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
‘वहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ, प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘वहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि वहाँलेनै गर्नु भएको थियो ।’
सोमबार मुक्कुमलुङ क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको नो केबुलकार पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली तीन जनाको गम्भिर घाइते अवस्थामा काठमाण्डौमा उपचार भइरहेको छ ।
प्रहरीले दमन गरेको भन्दै नो केबुलकार समूहले आज मंगलबार देखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ ।
बन्दका कारण मेचि राजमार्ग तमोर कोरिडोरमा चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बजार र विद्यालय र कलकारखाना खुला रहेका छन् ।
बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको बताइएको छ ।

175 पटक हेरिएको 














